वर्षा र सहकालका देवताका रूपमा पूजनीय बुंगद्यः अर्थात् रातो मच्छिन्द्रनाथको रथलाई बुधबार मंगलबजार पुर्याइएको छ। गाःबहालबाट तानिएको रथलाई स्थानीयवासी र गुठीयारहरूको सक्रियतामा मंगलबजार पुर्याइएको हो। जात्राको तालिका अनुसार आज बिहीबार साँझ रथलाई ललितपुरको सुन्धारा (लुँहिति) पुर्याइने कार्यक्रम रहेको छ। मंगलबारबाट…
