ललितपुर – ललितपुर हरिसिद्धिमा रहेका भजन किर्तन खलकहरुको संरक्षण र विकास गर्ने तथा संस्कृतिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ललितपुर महानगरपालिका वडा नं. २८ हरिसिद्धिले ऐतिहासिक सांस्कृतिक पर्यटन प्रर्वधन एवं बाजागाजा वितरण गरेको छ ।
वडा नं. २८ का वडा अध्यक्ष बिरेन्द्र महर्जनको सभापतित्वमा हिजो शनिबार भएको कार्यक्रममा महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन, उप प्रमुख मञ्जली शाक्य वज्राचार्यको प्रमुख आतिथत्यमा भएको हो भने वडा नं. २९ का जनप्रतिनिधिहरु तथा हरिसिद्धिका विभिन्न व्यक्तित्वहरु सहभागी भएका थिए।
प्रमुख चिरिबाबु महर्जनले उदघाटन गर्नु भएको कार्यक्रममा वडा नं. २८ को निर्माणमा परम्परा संस्कृति रितिरिवाज झल्काउने जल हरसिद्धि सांस्कृतिक बाजा संरक्षण समितिको प्रस्तुतिमा हरिसिद्धिको म्युजिक भिडियो पनि सार्वजनिक गरिएको थियो ।
कार्यक्रममा हरिसिद्धिमा रहेका भजन किर्तन खलकहरुले आ-आफ्नो सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रममा भजन किर्तन खलकहरुलाई सांस्कृतिक बाजा हस्तान्तर गरिएको थियो भने खलका गुरु तथा संयोजकहरुलाई सम्मान गरिएको थियो ।
प्रमुख चिरिबाबु महर्जनले हरिसिद्धिलाई संस्कृति प्रर्यटन प्रवद्धन गर्न अझै थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो । वडा नम्बर २८ का वडा अध्यक्ष बिरेन्द्र महर्जनले ऐतिहासिक हरिसिद्धिलाई संस्कृति प्रर्यटन प्रवद्धन गर्ने कामको यो शुरुवात भएको र समय समयमा यस्ता कार्यक्रम गर्दै जाने र संस्कृति संरक्षण र विकास गर्न पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो।
कार्यक्रममा म्यूजिक भिडियो निर्माण समूह, महिला समूह लगायतलाई सम्मान गरिएको थियो।
शनिबार नै वडा नं. २८ का महिला समुहहरुले उत्पादन गरेका सामाग्रीहरुको बिक्रि वितरण मेला पनि आयोजना गरिएको थियो ।
