काठमाडौँ — नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज १८ दशमलव १० अङ्कको गिरावट आएको छ । यससँगै परिसूचक दुई हजार ८०७ दशमलव १२ विन्दुमा सीमित भएको छ ।
आज ३४७ कम्पनीको एक करोड ३० लाख १९ हजार ५५ कित्ता शेयर ९५ हजार ८०० पटक खरिदबिक्री हुँदा पाँच अर्ब ७७ करोड ४३ लाख १७ हजार ८७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा होटल तथा पर्यटन समूहको उपसूचक एक दशमलव १६ प्रतिशतले वृद्धि भए पनि अन्य बाँकी सबै समूहका उपसूचकमा भने गिरावट देखिएको छ ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेड र पाल्पा सिमेन्ट इन्डस्ट्रिज लिमिटेडका लगानीकर्ताले सकारात्मक सर्किट पाउँदा बजारमा सोलु हाइड्रोपावर लिमिटेडको सर्वाधिक ३७ करोड सात लाख ३५ हजार ९२१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबार भएको शेयर सङ्ख्याका आधारमा भने नेसनल हाइड्रोपावर कम्पनी लिमिटेड सात लाख ७७ हजार ३७३ कित्ता शेयरसहित शीर्ष स्थानमा रहेको छ ।
