काठमाडौँ: नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा सामान्य वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको छ।
आज छापावाल सुन प्रतितोला ३ लाख २ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो बुधबार सुनको मूल्य प्रतितोला ३ लाख २ हजार ७०० रुपैयाँ तोकिएको थियो। सुनसँगै चाँदीको भाउ पनि आज उकालो लागेको छ।
चाँदी आज तोलामा ३० रुपैयाँले बढेर प्रतितोला ५ हजार २५० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ।
