साताको मध्यमै सुनचाँदीको मूल्यमा पहिरो, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ— नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको हो । हिजो प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ३ लाख ५०० रुपैयाँमा झरेको छ ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । हिजो प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको चाँदी आज ३० रुपैयाँले घटेर ५ हजार १३० रुपैयाँ कायम भएको छ ।