काठमाण्डौं – काठमाण्डौं महानगरपालिकाले महानगरभित्रका विभिन्न क्षेत्रमा आज र भोलि सवारी आवगमन निषेध गरेको छ ।
काठमाडौँको ऐतिहासिक तथा सांस्कृतिक महत्वको पर्व गुंपुन्हि र सापारु (गाईजात्रा) पर्व मनाइने भएकाले आज र भोलि विभिन्न क्षेत्रमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।
यस्तै, टंगाल–न्ह्यखा–बाङ्गेमुढा, न्हैकन्तला, असन, कमलाछि, भोटाहिटि हुँदै असन सडकमा पनि सवारी साधन प्रवेश निषेध गरिएको छ।
