काठमाडौं । आधुनिक शैलीमा तयार गरिएको नेपाल भाषाको नयाँ गीत ‘पियाचोना’ सार्वजनिक भएको छ। गायक तथा गीतकार जुजु भाइ तुलाधरको स्वर रहेको यस गीतमा संगीत गोविन्द ह्युमतले दिएका छन्। गीतको एरेन्ज भने वीरेन्द्र कुमार शाक्यले गरेका हुन्।
गीतको म्युजिक भिडियोमा मोडल शोभा महार्जन को अभिनय देख्न सकिनेछ। भिडियो निर्देशन सुरेन्द्र तुलाधर ले गरेका छन्। भिडियोमा गायक जुजु भाइ तुलाधरको अभिनयसमेत समावेश गरिएको छ। म्युजिक भिडियोको छायांकन तथा सम्पादन सोहन मानन्धर ले गरेका हुन्।
यसअघि पनि जुजु भाइ तुलाधरले नेपाल भाषाका विभिन्न गीत सार्वजनिक गर्दै नेपाल भाषा तथा सांस्कृतिक क्षेत्रको प्रवर्द्धनमा योगदान दिँदै आएका छन्। गीतको प्रिमियर आज जय नेपाल सिनेमामा सार्वजनिक गरिएको थियो ।
