एसियन गेम्स छनोटमा दीपेन्द्रले कप्तानी गर्ने, मल्लको पुनरागमन

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीले एसियन गेम्स छनोटमा दीपेन्द्रसिंह ऐरीको कप्तानीमा खेल्ने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले सार्वजनिक गरेको टोलीमा नियमित कप्तान रोहित पौडेलसहित अनुभवी र युवा खेलाडीहरूको मिश्रण रहेको छ।

टोलीमा दीपेन्द्रसँगै रोहित पौडेल, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप लामिछाने, करण केसी, सोमपाल कामी, सन्दीप जोरा, लोकेश बम, शेर मल्ल, नन्दन यादव, शाहब आलमलगायतका खेलाडी समावेश छन्। टोलीका कुशल मल्लले पुनरागमन गरेका छन्।

उनले १९औं एसियन गेम्समा मंगोलियाविरुद्व १३७ रनको कीर्तिमान बनाएका थिए।