वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्याय भारतको पुणेमा ‘कलाक्षेत्रम’बाट सम्मानित संगीत क्षेत्रमा ख्याती कमाउनु भएका वरिष्ठ सरोदवादक सुदर्शन राजोपाध्यायलाई भारतमा कलाक्षेत्रम पुरस्कारबाट सम्मान गरिएको छ । राजोपाध्यायलाई महाराष्ट्रको पुणेमा अखिल लोककला कल्चरल अर्गनाइजेसनले आयोजना गरेको भारत उत्सव २०२६ मा पुरस्कार प्रदान गरेको हो ।अर्गनाइजेसनका महासचिव डा. प्रमोद नानवरेका अनुसार भारत उत्सवमा भारतका विभिन्न राज्यका ३५०० भन्दा धेरै कलाकारहरूले भारत नाट्यम, कत्थक, लगायतका लोककला प्रस्तुत गरेका थिए । मे १६ देखि २२ तारिखसम्म भएको भारत उत्सवमा राजोपाध्यायलाई निर्णायकको जिम्मेवारी सम्हाल्न निमन्त्रणा दिएको थियो ।े निर्णायक भूमिका निर्वाह गर्न पुणे पुग्नु भएका उहाँलाई प्रतिष्ठित कलाक्षेत्रमबाट सम्मान गरिएको हो।यसभन्दा अघि पनि नेपालको कला र संस्कृतिलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्यााउँदै आएका उहाँलाई भारतको विभिन्न राज्यमा भएका कार्यक्रमहरूमा सुरताल अन्तर्राष्ट्रिय सम्मान पुरस्कार २०२५, विविधता मे एकता राष्टिय सम्मान २०२०, इन्डियन बेस्टिज अवार्ड –२०१९, पश्चिम बंगाल सरकारबाट संगीतमंजरी उपाधि लगायतका सम्मान प्रदान गरिएको थियो । त्यस्तै सन् २०१५ मा गुजरातमा सुरिल साँझका तर्फबाट स्वर्णपत्र प्रदान गरिएको थियो ।नेपालको सन्दर्भमा उहाँले रेडियो नेपालबाट सन् २००२ मा भएको जिल्लाव्यापी संगीत प्रतियोगितामा प्रथम पुरस्कार पाउनु भएको थियो भने शास्त्र सम्मान २०१८, सेभ दी नेशन अवार्ड लगायतका पुरस्कार तथा सम्मान पाउनु भएको छ । सरोदवादन बाहेक उहाँका नेपालीमा पलपल, पानीसरी, त्यो रात, नेपाल भाषामा नसला, हसना, छन्हुनिन्हू, छगू मतिना, शास्त्रीय संगीततर्फ वनडे रागाज, सोलफूल म्यूजिक फर मेडिटेशन, भारतबाट सुरिल म्यूजिक इन २०१५ लगायतका सीडी तथा क्यासेटहरु प्रकाशित भएका छन् ।
