काठमाडौं। नेपालका डा. ईशान पाण्डे र गुलशन झा बेल्जियमको इयू टी–२० क्रिकेट लिगमा आबद्ध भएका छन् । पाण्डे र झाले जेबी ब्रुजबाट प्रतियोगिता खेल्ने नेपाल क्रिकेट संघ (क्यान)का प्रवक्ता छुम्बी लामाले जानकारी दिए।
जेबी ब्रुज नेपाल प्रिमियर लिग (एनपिएल) टोली जनकपुर बोल्ट्स (जेबी)को लगानीकर्ता कम्पनी ड्रिम स्पोर्ट्सको स्वामित्वमा रहेको टोली हो।
जुन ६ देखि सुरु हुने प्रतियोगिता बेल्जियममा पहिलो पटक आयोजना हुन लागेको फ्रेन्चाइज क्रिकेट प्रतियोगिता हो।
पाण्डे र झासँगै नेपालका अन्य ६ खेलाडीले पनि प्रतियोगितामा सहभागिता जनाउँदैछन्। जसअनुसार आन्थ्रोप एंकर्सबाट आसिफ शेख, ग्लेन्ट ग्लाडिएटर्सबाट रोहित पौडेल, जेबी ब्रुजबाट दीपेन्द्र सिंह ऐरी, अनिलकुमार साह, ललितनारायण राजवंशी तथा लिएज रेड लायन्सबाट सन्दीप लामिछानेले खेल्दैछन्।
