Blog

श्रीमतीको शव भान्सामा, हत्या अभियोगमा श्रीमान् पक्राउ

अर्घाखाँची १७ भदौः यहाँका एक व्यक्तिलाई श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ गरिएको छ । छत्रदेव गाउँपालिका–४ का किरण गुरुङलाई उक्त अभियोगमा आज पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख चक्रबहादुर मल्लका अनुसार निजले एक साताअघि ३४वर्षीया सुमित्राको हत्या…

नव प्रतिभा मितेश ताम्राकारको नेपाल भाषाको गीत “येँयाः पुन्हि” सार्वजनिक

सांगीतिक क्षेत्रका नव प्रतिभा मितेश ताम्राकारको लेखन, संगीत तथा आवाज र विश्वास बज्राचार्यको निर्देशनमा येँयाः पुन्हि म्यूजिक भिडियोको गतः शुक्रबार सिडिसि मलमा प्रिमियर भएको छ । काठमाण्डौं महानगर पालिकाका उपमेयर सुनिता डंगोल मुख्य अतिथिको रुपमा सहभागी हुनुभएको उक्त कार्यक्रममा ललितपुर…

आजको मौसम : कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको हुनाले नेपालमा मनसुन केही कमजोर रहेको छ भने बंगालको खाडीबाट जलवाष्पयुक्त हावा पनि भित्रि रहेको छ। जसका कारण, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही…

गोरखामा रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते

काठमाडौँबाट गोरखाको आरुघाट सोतीतर्फ आउँदै गरेको रात्रिबस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । बा०१–००६ख ४१३१ नम्बरको बस आज बिहान भीमसेनथापा गाउँपालिका–३ टारीफाँटमा दुर्घटना हुँदा बसमा सवार २२ जनामध्ये २१ जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक ध्रुवप्रसाद…

दिदी-भिनाजुकाे झगडा छुट्याउन गएका सालाकाे मृत्यु

बाँकेमा दिदी-भिनाजुकाे झगडा छुट्याउन गएका सालाकाे मृत्यु भएकाे छ । खजुरा गाउँपालिका वडा नम्बर ६, गिजरामा दिदी र भिनाजुकाे झगडा छुट्याउन गएका २२ वर्षीय अर्जुन रानामगरकाे मृत्यु भएकाे हाे । लाेग्ने-स्वास्नीका बीचमा भइरहँदा छुट्याउन पुगेका अर्जुनलाई भिनाजु दिपेश रामजालीले बियरकाे…

दार्चुलामा अटाेरिक्सा दुर्घटनामा बेपत्ता दुई जनाकाे शव फेला

दार्चुलामा अटोरिक्सा दुर्घटनामा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ। नाैगाड गाउँपालिका- ५ शौकेबगरमा अटोरिक्सा दुर्घटना हुँदा दुई जना बेपत्ता भएका थिए । अटाे रिक्सा दुर्घटना भएर नौगाड खोलामा खस्दा नौगाड गाउँपालिका- ६ डाडा बस्ने १७ वर्षीया भागा धामी…

सुनचाँदीको भाउमा लगातार कीर्तिमान : सुन तोलाको २ लाख ५ हजार ९ सय पुग्यो

सुनचाँदीको भाउले लगातार कीर्तिमान कायमै राखेको छ । सुनको भाउ आज छ सय रुपैयाँले बढेर दुई लाख पाँच हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार हिजो सुनको भाउ दुई लाख पाँच हजार…

नेपाली एनिमेटेड चलचित्र “जय लाखय्”को प्रिमियर सो भव्य रुपमा सम्पन्न

यंत्रकलाको ब्यानरमा निर्माण भएको नेपाली एनिमेटेड चलचित्र “जय लाखय्” गत शनिबार एफक्यूब सिनेमा, केएल टावरमा प्रिमियर सो भव्य रुपमा सम्पन्न भएको छ। प्रिमियर पछि न्युज नेपा: सँग कुराकानी गर्दै निर्देशक संयुक्त श्रेष्ठले आठ वर्ष लगाएर निर्माण गरेको यस चलचित्रमा नेवाः…

साफ यू–१७ महिला च्याम्पियनशिपमा तेस्रो भएको नेपाली टोली स्वदेश फर्कियो

भूटानमा भएको साफ १७ वर्षमुनिको महिला च्याम्पियनशिप खेलेर नेपाली टोली आज स्वदेश फर्किएको छ । ४ वटा देश सहभागी प्रतियोगितामा नेपाल तेस्रो भएको थियो । नेपालले ६ खेलमा ४ अङ्क जोड्यो । डबल राउन्ड लिगमा भएको प्रतियोगितामा नेपालले पहिलो खेलमा…

अफगानीस्तानमा शक्तिशाली भूकम्प, सयौँ मानिस हताहती भएको आशंका

अफगानस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा पनि २० जनाको मृत्यु भएको छ । भूकम्पबाट सबैभन्दा बढी नगरहार र कुनार क्षेत्र प्रभावित भएका छन् । भूकम्पका कारण घाइते भएका ११५ भन्दा बढी नागरिकलाई अस्पतालहरूमा भर्ना गरिएको छ । बीबीसीका अनुसार, तालिबान सरकारले…