Blog

अण्डाको मूल्य क्रमशः बढ्ने संकेत

नारायणगढ–गर्मी मौसमका कारण अण्डाको उत्पादन घटेसँगै यसको मूल्य लागत नजिक पुगेको छ । लामो समयदेखि घाटा व्यहोर्दै आएका किसानले केही राहत महसुस गर्न थालेका छन् । अण्डा उत्पादनमा संलग्न कृषि फार्महरूले हालै जारी गरेको मूल्यका आधारमा नेपाल लेयर्स कुखुरापालक सङ्घले समर्थन…

रामहरिले भने- पार्टीले निर्देशन दिए राजीनामा दिन तयार छु

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पार्टीले निर्देशन दिए राजीनामा दिन तयार रहेको बताएका छन् । नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा शुक्रबार उनले पार्टीले निर्देशन दिए संसदीय समितिको सभापति पदबाट राजीनामा दिने बताएका छन् । ‘मेरो…

सुर्खेतमा चट्याङ लागेर एक जनाको मृत्यु, चार घाइते

सुर्खेतमा चट्याङ एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएका छन् । सुर्खेत जिल्लाको भेरीगंगा नगरपालिका–८ कुईरेमा रोपाइँको क्रममा चट्याङ पर्दा शुक्रबार दिउँसो करिब ३ बजे बिरबहादुर थापाको खेतमा रोपाइँ गरिरहेको अवस्थामा चट्याङ पर्दा डिलबहादुर शाहीको मृत्यु भएको हो…

रविको पक्षमा कलाकारले गरे हस्ताक्षर

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा कलाकारहरूले हस्ताक्षर गरेका छन्। सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेको पक्षमा ऐक्यबद्धता जनाउँदै कलाकारहरूले शुक्रबार हस्ताक्षर गरेका हुन्। काठमाडौँमा आयोजित एक कार्यक्रमका बीच कलाकारहरू किरण केसी, रमेश उप्रेती,…

लागुऔषध ट्रामाडोलसहित तीन जना पक्राउ

हेटौंडा । प्रहरीले लागुऔषध १ हजार ७ सय ७० क्याप्सुल ट्रामाडोलसहित ३ जनालाई पक्राउ गरेको छ । हेटौंडा – ८ औधौगिक क्षेत्र भित्र पानी ट्याङ्की नजिक सडकमा शंकास्पद रुपमा बसीरहेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ पर्नेमा हेटौंडा – १५…

आगामी वर्ष २० प्रकारका औषधि उत्पादन गर्ने नेपाल औषधि लिमिटेडको लक्ष्य

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सदस्यहरूले आज नेपाल औषधि लिमिटेडको स्थलगत अनुगमन गरेका गर्नुभएको छ । समितिले अनुगमन गर्दै संस्थाले उठाएका समस्यालाई नीतिगत छलफलमार्फत समाधान गर्ने प्रतिबद्धता जनाएको छ । नेपाल औषधि…

९० वर्ष पुगे दलाइ लामा, आफ्नो १५ औँ अवतारबारे बेइजिङलाई दिए यस्तो चेतावनी

काठमाडौं । तिब्बतका निर्वासित धार्मिक नेता दलाई लामाले आफ्नो ९० औँ जन्मदिन मनाउँदै गर्दा आफ्नो मृत्युपछि नयाँ दलाइ लामा पहिचान गर्न आफ्नो सचिवालयलाई पूर्ण अधिकार रहेको घोषणा गरेका छन् । सन् १९५० मा चीनमा माओ त्से तुङको नेतृत्वमा कम्युनिस्ट क्रान्ति…

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

बागमती- हेटौँडामा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा उपमहानगरपालिका- १० राप्तीरोडमा मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालकको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बिहीबार राति भएको दुर्घटनामा धनुषाको…

एलिनालाई गालीगलौज गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ

काठमाडौं । गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमा गालीगलौज गरेको आरोपमा कवि गुञ्जन राई पक्राउ परेका छन् । नेपाल प्रहरीको साइबर ब्युरोले उनलाई केहीबेरअघि पक्राउ गरेको हो । ब्युरोका प्रवक्ता एसपी दिपकराज अवस्थीले ललितपुरका गुञ्जनलाई गायिका एलिना चौहानको जाहेरीको आधारमा पक्राउ…

प्रधानमन्त्री ओलीद्वारा रियल मड्रिडको रङ्गशाला अवलोकन

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको म्याड्रिडमा फुटबल क्लब रियल मड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको अवलोकन गर्नुभएको छ । प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतसहित अत्याधुनिक रङ्गशालाको भ्रमण गराउनुभएको हो । प्रधानमन्त्री ओलीले आफू रियल मड्रिडको…