Blog

भोलि बिहानसम्म त्रिभुवन विमानस्थलबाट हुने सबै आन्तरिक उडान स्थगित

काठमाडौं— नेपाल नागरिक उड्डयन प्राधिकरणले अविरल वर्षाका कारण मौसममा आएको खराबीले शनिबार बिहानसम्मको सबै आन्तरिक उडान स्थगित गरेको छ। प्राधिकरणले शुक्रबार साँझ एक सूचना जारी गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान  शनिबार बिहानसम्मका लागि स्थगित भएको जनाएको हो।…

आज दिनभर वर्षा हुने,बाढि र पहिरोको जोखिम

जल तथा मौसम विज्ञान विभागले आज र भोलि देशका विभिन्न स्थानमा भारी र अति भारी वर्षा निरन्तर हुने बताएको छ । देशभरका अधिकांश क्षेत्रको मौसम बदली तथा वर्षाको अवस्थामा रहेको भारी वर्षा हुने सम्भावना रहेकाले सचेत हुन पर्ने देखिएको छ…

बाल्टिमोरमा ५ औ येँयाः पुन्हि (इन्द्रजात्रा) मनाइने

अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा काठमाडौँ उपत्यकाको जस्तै गरि अमेरिकामानै निर्माण गरिएको कुमारी, गणेश र भैरव सहितको रथ तान्दै बिगतमा जस्तै यसपाली पनि ५ औ येँयाः पुन्हि (इन्द्र जात्रा)मा मनाइने भएको छ । सेप्तेम्बेर २९ तारिक आइतबारका दिन बाल्टिमोर काउन्टी, मेरील्याण्डको…

विराटनगरका लागि उडेका २ जहाज काठमाडौं फर्किए

काठमाडौं- काठमाडौंबाट विराटनगरका लागि उडेका २ वटा जहाज फर्किएका छन् । विराटनगर विमानस्थलमा अवतरण गर्न नसकेपछि बुद्ध र यति एयरलाइन्सका जहाज काठमाडौं नै फर्किएका हुन् । विराटनगर विमानस्थलका प्रमुख सुवास झाले मौसम खराबीका कारण यात्रुसहित बीचैबाट जहाज फर्किनुपर्ने अवस्था आएको…

दुर्गा प्रसाईं राति अस्पताल भर्ना ,रक्तचाप सम्बन्धी समस्या

मेडिकल व्यवसायी दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन्। साइबर अपराधमा आइतबार पक्राउ परेका प्रसाईं सोही राति नै अस्पताल भर्ना भएका हुन्। विद्युतीय कारोबार ऐन विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका उनलाई प्रहरीले अस्पताल भर्ना गरेको साइबर ब्यूरोले जानकारी दिएको छ।…

काठमाडौँवासीलाई घटस्थापना अघि मेलम्चीको पानी

काठमाडौँवासीले दसैँको घटस्थापना अघि नै मेलम्चीको पानी पाउने भएका छन् । काठमाडौँमा मेलम्चीको पानी पथान्तरणका लागि अहिले सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको छ । दसैँ अगाडि नै मेलम्चीको पानी उपलब्ध गराउन खानेपानीमन्त्री प्रदीप यादवले निर्देशन दिएका छन् । सोही अनुसार…

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड

नेपाली बजारमा आज सुनको मूल्य बढ्नेक्रम निरन्तर छ । मंगलबार प्रतितोला ४ सय रुपैंयाँले बढेको सुन बुधबार १३ सयले बढेको थियो । आज ५ सयले बढ्दै सुन प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले…

महाकवि सिद्धिदास अमात्यको १५७ औं जन्मजयन्ती मनाईयो

“भाषा रहे जाति रहन्छ” भनी आफ्नो बिचार राखी जानुभएका नेपालभाषाका महाकवि सिद्धिदास अमात्यको १५७ औं जन्मजयन्ती भव्य रुपमा मनाइएको छ । काठमाण्डौं भोताहितिको सिद्धिदास चोकमा भेला भई प्रभात फेरी (नसंचा उले)का साथ नगर परिक्रमा गरिएको छ । सिद्धिदास अमात्यको प्रतिमामा…

खोला मापदण्ड खारेजीको माग गर्दै सायमी सडकमै सुते ,महतोले संविधान जलाए

सडक तथा खोला मापदण्ड खारेजीको माग गर्दै बिहीवार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ । ​ गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजीको निम्ति भन्दै सुमन सायमी नेतृत्वको मोर्चाले बिहिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । यस बिचमा राष्ट्रिय मुक्ति क्रान्तिका…