काठमाडौं – छठ पर्वको आज दोस्रो दिन । छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । छठका व्रतालुहरूले आज नुहाएर चोखो भई साँझपख खीर बनाएर चन्द्रमालाई चढाउँछन् । चन्द्रमालाई चढाएपछि खीर तथा लौकाको तरकारी…
काठमाण्डौ – यमपञ्चक अर्थात् तिहारको मुख्य दिन आज भाइटिका । भाइटीकामा दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइ मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले…
काठमाण्डाै – तिहार अन्तर्गत आज गाेवर्द्धन पूजा हुँदैछ । आज गोरु, किसान र हलोको पूजा गर्ने गरिन्छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाइ त्यसलाई गाेवर्द्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापरयुगमा भगवान श्रीकृष्णले हत्केलाले गाेवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट…
काठमाण्डाै – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।…
काठमाण्डौ – यमपञ्चक अर्थात् तिहारको दोेस्रो दिन आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरी लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर बेलुका…
काठमाण्डाै – तिहारको आज पहिलो दिन, आजदेखि यमपञ्चक सुरु भएको छ। कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितियासम्मको पाँच दिन यमराज आफ्ना सबै काम छाडेर बहिनी यमुनाकहाँ अतिथिका रुपमा बस्ने भएकाले यो पाँच दिनलाई यमपञ्चक भन्ने गरिन्छ। यमराजको दूतको रुपमा मानिएको…
काठमाण्डाै – असनको तुलाधरहरूको श्री दिगुख्यः गुथिले नेपाल सम्वतको नयाँ वर्ष ११४४ को अवसरमा क्यालेन्डर प्रकाशन गरेको छ। गुथिका अध्यक्ष तारा वीरसिंह तुलाधरको सभाअध्यक्षतामा पकनाजोलमा बुधबार भएको कार्यक्रममा क्यालेन्डरको लोकार्पण गरिएको हो। गुथिका संरक्षक समूहका अध्यक्ष मोतिकाजी तुलाधर र गुथिका…
ललितपुर – ३८२ वर्ष देखि निरन्तर रुपमा संचालन भइरहेको ललितपुरको ऐतिहासिक कार्तिक नाच आउँदो मंसिर २ गतेदेखि संचालन हुँदैछ । यसवर्ष नाच १० दिन संचालन गरिने कार्तिक नाच संरक्षण समितिले जनाएको छ । मंसिर ११ गतेसम्म मंगलबजारको कात्तिक दबलीमा बेलुकी…
काठमाडौँ – काठमाडौँको चोभारडाँडास्थित आदिनाथ मन्दिरमा एक महिने मेला संचालन भइरहेको छ। मेला शनिबारदेखि सुरु भएको हो । प्रत्येक वर्ष आश्विन शुक्ल (कोजाग्रत) पूर्णिमाका दिन सुरु हुने मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ। मेलामा काठमाडौँ उपत्यका तथा आसपासबाट भक्तजन सहभागी…
काठमाण्डाै – बडादशैँ पर्व महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमामा आज बेलुका सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ पर्व समापन हुन्छ…