त्रिदेशीय टी–२० सिरिजमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा बिहान साढे ११ बजे सुरु हुनेछ । जारी सिरिजमा नेपालले ३ खेलमा एक जितसहित २ अंक हासिल गरेको छ । नेपालले शुक्रबार नामिबियालाई ३ रनले…
काठमाडौं । वाफ वुमन्स च्याम्पियनसिपको उपाधि जोर्डनले जितेको छ । नेपाललाई पेनाल्टी सुटआउटमा ५–३ गोल अन्तरले हराउँदै जोर्डनले प्रतियोगिताको उपाधि जितेको हो । पेनाल्टीमा नेपालका लागि गीता राना, दीपा शाही र हिराकुमारी भुजेलले गोल गरेकी थिए। तर चौथो पेनाल्टी हानेकी…
काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले नामिबियासँग हार ब्यहोरेको छ । बुधबार कीर्तिपुर मैदानमा नेपालले नामिबियासँग २ विकेटको हार ब्यहोरेको हो । नेपालले प्रस्तुत गरेको १ सय ६९ रनको लक्ष्य नामिबियाले ८ विकेट गुमाएर पुरा गर्यो । पहिले ब्याटिङ…
काठमाडौं । आईसीसी विश्वकप लिग टू अन्तर्गत नामिबियाविरुद्धको खेलमा नेपाल १ सय ६८ रनमा अलआउट भएको छ । कीर्तिपुर मैदानमा पहिले ब्याटिङ गरेको नेपाल ३७ दशमलव १ ओभरमा १ सय ६८ रनमा अलआउट भएको हो । आसिफ शेखले ५८ रन…
काठमाण्डाै – सन्दीप लामिछानेलाई नेपाल क्रिकेट सङ्घ (क्यान) ले निलम्बन गरेको छ । काठमाण्डौ जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै हिजो ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन गरेको हो । लामिछानेलाई घरेलु तथा अन्तर्राष्ट्रिय कुनै पनि प्रतियोगिता खेल्न नपाउने गरी…
काठमाण्डाै – जिल्ला अदालत काठमाण्डौले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कारको मुद्दामा आठ वर्ष कैद सजाय तोकेको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले लामिछानेलाई आज आठ वर्षको सजाय तोकेको हो । यस्तै अदालतले पीडितलाई पाँच लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला पनि गरेको…
काठमाण्डाै – राष्ट्रिय फुटबल टोलीका गोलकिपर विशाल श्रेष्ठले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका छन् । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणमा हिजो टोलीले अन्तिम खेल खेलेपछि विशालले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका हुन् । उनी एफसी चितवनको कप्तान समेत…
काठमाण्डाै – इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०२४ को अक्सन आज हुँदैछ । अक्सन नेपाली समय अनुसार दिउँसो सवा एक बजे दुबईमा शुरु हुनेछ । अक्सनमा कुल तीन सय ३३ खेलाडी सहभागी हुनेछन् । त्यसमा दुई सय १४ जना भारतीय,…
यू–१९ एसिया कपको आफ्नो पहिलो खेलमा पाकिस्तानविरुद्ध नेपाल सात विकेटले पराजित भएको छ । शुक्रबार युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित आईसीसी एकेडेमी ओभल–२ मा नेपालले प्रस्तुत गरेको १५३ रनको लक्ष्य पाकिस्तानले २६.२ ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको…
एसीसी १९ वर्षमुनिकाे एसिया कप क्रिकेटमा पाकिस्तानसँगकाे खेलमा नेपालले टस हारेकाे छ । यूएईमा टस जितेर पाकिस्तानका कप्तान साद बइगले बलिङ गर्ने निर्णय गर्दै नेपाललाई ब्याटिङकाे निम्ताे दिएका हुन् । प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । नेपाल रहेको समूह ‘ए’ मा…