समाज सेवी सुनिल कुमार शाक्यको “मछालेगु बानि गनं वल” नेपाल भाषाको म्यूजिक भिडियो शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक भएको छ । उक्त गीतमा प्रो.सुवर्ण शाक्यको रचना रहेको छ भने बरिस्ठ सङ्गीतकार न्ह्यू बज्राचार्यको संगीत रहेको छ। निशा देशारको स्वरमा सजिएको उक्त म्यूजिक भिडियोको निदेशन सुजन बज्राचार्यले गर्नु भएको थियो । दृश्य सम्पादन शैलेश श्रेष्ठले गरेका छन् ।
कार्यक्रममा नेवा:देय् दबूको अध्यक्ष पवित्र बज्राचार्यको उपस्थिति थियो। यस म्युजिक भिडियोमा दिप्षा डंगोल ,निशा डंगोल ,झरना अमात्य ,बिबेन्द्र डंगोल ,ज्ञानी,महर्जन लक्ष्मी,प्रसाद,अमात्य सत्य,देम्कुल शान्त महर्जन, शर्मिला सिं महर्जन, रचना श्रेष्ठ,रिय सुवाल र रञ्जन राजभण्डारीको कलाकारहरुको प्रस्तुति हेर्न सकिन्छ। म्हा म्हा इभेन्टको युट्युब च्यानलमार्फत उक्त म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।
