खेलकुद पूर्वाधार नीति संवादको निष्कर्ष सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद (राखेप) ले आइतबार खेलकुद पूर्वाधार नीति संवाद कार्यक्रमको निष्कर्ष सार्वजनिक गरेको छ ।

राखेपले चैत १८ गते शनिबार आयोजित खेलकुद पूर्वाधार नीति संवाद कार्यक्रमको निष्कर्ष सार्वजनिक गरेको हो ।कार्यक्रमले पूर्वाधार वर्गीकरण, लगानी सम्बन्ध, विद्यालय र खेलकुद, निजी क्षेत्रको सहभागिता, प्रशिक्षण केन्द्रको अवधारणा र सहकार्य सम्बन्ध गरि ६ विषयमा निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका संरक्षक पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेको कार्यक्रममा कोशी र बागमती प्रदेशका समाजिक विकास मन्त्री, महामनगरपालिका, उपमहानगरपालिका, नगरपालिका, जिल्ला समन्वय समिति महासंघ र गाउपालिका महासंघका अध्यक्ष तथा प्रतिनिधि,युवा तथा खेलकुद मन्त्रालयका सह सचिव, सातवटै प्रदेशका समाजिक विकास मन्त्रालयका सचिव, सातवटै प्रदेश खेलकुदका सदस्य सचिवहरु, नेपाल ओलम्पिक कमिटी तथा विभिन्न खेल संघका प्रतिनिधिहरुको सहभागिता थियो ।

खेलकुद पूर्वाधार नीति सम्वाद२०७९ को निष्कर्ष

सम्माननीय प्रधानमन्त्री एवं राष्ट्रिय खेलकुद परिषदका संरक्षक पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा राष्ट्रिय खेलकुद परिषदले काठमाण्डौमा २०७९ चैत्र १८ गते आयोजना गरेको खेलकुद पूर्वाधार नीति सम्वाद कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा कोशी र बागमती प्रदेशका समाजिक विकास मन्त्रीमहामनगरपालिकाउपमहानगरपालिकानगरपालिकाजिल्ला समन्वय समिति महासंघ र गाउपालिका महासंघका अध्यक्ष तथा प्रतिनिधि,युवा तथा खेलकुद मन्त्रालयका सह सचिवसातवटै प्रदेशका समाजिक विकास मन्त्रालयका सचिवसातवटै प्देश खेलकुदका सदस्य सचिवहरुनेपाल ओलम्पिक कमिटी तथा विभिन्न खेल संघका प्रतिनिधिहरुको सहभागिता थियो ।

सम्वादको उदेश्य :  मापदण्डसहितका पूर्वाधार निर्माणको नीति निर्माण गराउने,पूर्वाधारको स्तर निर्धारणको मापदण्ड तयार गर्नेपूर्वाधारको बर्तमान अवस्था प्रस्ट्याउनेपूर्वाधारका लागि लगानीको अवस्थाको बिषयमा जानकारी दिनेसंघ,प्रदेश र स्थानिय तहमा पूर्वाधारको मापदण्डका लागि सुझाव संकलन गर्नेसंघ, प्रदेश र स्थानीय तहमा आवश्यक पर्ने पूर्वाधारको बिषयमा जानकारी लिनपूर्वाधार निर्माणमा लगानीका बिषयमा छलफल गर्नखेल पूर्वाधारमा राज्यको अवधारणा र प्रतिबद्दताका लागिपूर्वाधार निर्माणमा लागानी वृद्धि  गराउननीजि क्षेत्रलाई पनि खेलकुद पूर्वाधारमा उप्रेरित गर्नेभौगोलीक अवस्थितिका आधारमा पूर्वाधार निर्माणको नीति तयार गर्ने उदेश्यका लागि राष्ट्रिय खेलकुद परिषदले पेश गरेको कार्यपत्र तथा भारतीय सोधकर्ता सानाम रामिचरी र अमेरिकाका केभिन योङले पेश प्रस्तुत गरेका अवधारणा माथि भएको छलफलबाट आएको निष्कर्ष तपसिल अनुसार रहेको छ ।