सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढ्यो

काठमाडौं –  सुन चाँदीको भाउ आज बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १० हजार तीन सय रुपैयाँ पुगेको छ  । हिजाेकाे भन्दा ३ सय रुपैयाँले बढेकाे हाे ।

हिजो तोलाको एक लाख १० हजार रुपैयाँ थियो । यस्तै, आज चाँदीको पनि भाउ बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी आज एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।