सुरज ब्यञ्जनकारको मुक्तक संग्रह सब्बुचा २ को लोकार्पण

ललितपुर – संचारकर्मी सुरज ब्यञ्जनकारको नेपालभाषाका मुक्तक संग्रह सब्बुचा  २ नामक पुस्तकको विमोचन भएको छ । लेखक व्यजनकारका पिता सुरेन्द्र ब्यञ्जनकारको सभापतित्वमा शनिबार खपिन्छेमा भएको कार्यक्रममा सब्बुचा २ को लोकार्पण वरिष्ठ हांस्य कलाकार मदनकृष्ण श्रेष्ठले गर्नु भएको हो ।

कार्यक्रममा लेखक ब्यञ्जनकारले आफ्नो नयाँ कृतिमा संग्रहित केहि मुक्तक सुनाउँदै विमोचित पुस्तकको बारेमा जानकारी दिनु भएको थियो।

कार्यक्रममा हांस्य कलाकार श्रेष्ठसहित वडा नम्बर ९ का अध्यक्ष राजु महर्जन, खपिन्छे टोल सुधार समितिका अध्यक्ष राजमान अवाले लगायतले विमोचित पुस्तककोबारेमा आ-आफ्नो धारणा राख्दै लेखक व्यजनकारलाई शुभकामना व्यक्त गर्नु भएको थियो। साहित्यकार सुधीर ख्वविले विमोचित कृतिको समालोचना गर्नु भएको थियो।

लेखक ब्यञ्जनकारले सब्बुचा २  ललितपुर महानगरपालिका वडा नम्बर ९  सँगको सहकार्यमा प्रकाशित गर्नु भएको हो भने यसको पहिलो भाग सब्बुचा १ उहाँले १६ वर्ष अगाडि प्रकाशित गर्नु भएको थियो।