रातो मच्छिन्द्रनाथको रथ महापालमा पुर्‍याइयो

ललितपुर –  सोमबारदेखि शुरु भएको  रातो मच्छिन्द्रनाथको रथयात्राको क्रममा रथलाई आज गाबहालबाट तानेर महापाल  पुर्‍याइएको छ। आज दिउँसो रथलाई  गाःबहालबाट तानेर मंगलबजार लैजाने क्रममा महापाल पुर्‍याइएको हो। रथमा समस्या देखिएकोले हिजो रथलाई  गाःबहालमा राखेर मर्मत गरेिएको थियो।

जात्राको पहिलो दिन सोमबार रथलाई पुल्चोकबाट तानेर गाबहालसम्म पुर्‍याउने क्रममा रथ देब्रेतिर ढल्किएकोले रथलाई गाबहाल नपुग्दै आउने टोल श्रीबहालसम्म मात्र तानेको थियो। मंगलबार ढल्किएको रथलाई श्रीबहालबाट तानेर गाबहालसम्म पुर्‍याइएको थियोे भने हिजो रथलाई गाबहालमा नै राखेर मर्मत गरेपश्चात आज तानेको  हो। यसपाली रथलाई  गाबहालमा दुई  दिन विश्राम गराइएको हो।

लिच्छवीकालमा उपत्यकामा पानी नपरेर अनिकाल भएकोले अहिलेको भारतको आसाममा पर्ने कामरुकामाक्षबाट रातो मच्छिन्द्रनाथलाई काठमाडौं उपत्यकामाल् याएको र त्यसपछि सहकाल शुरु भएको किंवदन्ती छ ।

फोटोः राजाराम तण्डुकार