महोत्तरीमा फिल्मी शैलीमा बैंक लुटपाट (भिडियो)

महोत्तरी – महोत्तरीस्थित एनएमबी बैंकको शाखामा फिल्मी शैलीमा लुटपाट भएको छ ।

मंगलबार मध्याह्न १२ बजेतिर महोत्तरी गाउँपालिका २ मा रहेको एनएमबी बैंकको शाखामा हातहतियारसहित आएका लुटेराको समूहले लुटपाट गरेको हो ।

नकाब लगाएर आएका ४ जना हतियारधारीको समूहले काउन्टरमा प्रवेश गरी लुटपाट गरेका हुन् । बैंकबाट ३५ लाख रुपैयाँ लुटिएको प्रारम्भीक अनुमान छ । लुटेराको खोजी भइरहेको प्रहरीले जनाएको छ ।