गणतन्त्र दिवस २०८० को अवसरमा मंगलबार साँझ गणतन्त्र दिवस सांस्कृतिक साँझ आयोजना गरिएको छ। गणतन्त्र दिवस मूल समारोह समितिको आयोजनामा साँझ ६:30 देखि ७ः30 सम्म राष्ट्रिय नाचघर जमलमा उक्त सांस्कृतिक साँझ भएको थियो ।
प्रधानमन्त्री एवं गणतन्त्र मूल आयोजक समितिका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल प्रज्ञा पतिष्ठान, संगित तथा नाट्य प्रतिष्ठान, ललित कला प्राज्ञ प्रतिष्ठानका कलाकारहरुको सांस्कृतिक प्रस्तुति गरेका थिए ।
कार्यक्रमको संयोजन संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रलय गरेका थिए भने व्यवस्थापन सांस्कृतिक संस्थान गरेका थिए। कार्यक्रममा ९ वटा प्रस्तुति देखाएको थियो ।
