नेवाः अर्गनाइजेशन अफ अमेरिकाको अध्यक्षमा महिन्द्रमान सिंह प्रधान निर्वाचित

नेवाः अर्गनाइजेशन अफ अमेरिकाको आगामी तीन वर्षको कार्यकालको लागि महिन्द्रमान सिंह प्रधान अध्यक्षमा निर्वाचित हुनु भएको छ। अमेरिकाको वासिङ्गटन डिसिमा मे २७ तारिखमा भएको २२ वार्षिक साधारणसभा तथा राष्ट्रिय सम्मेलनमा प्रधान अध्यक्षमा निर्वाचित हुनु भएको हो।

त्यस्तै प्रथम उपाध्यक्षमा राजेशलाल श्रेष्ठ, दृतिय उपाध्यक्षमा दिवाकर धौभडेल, महासचिवमा बबिता श्रेष्ठ, सचिवमा नवीन मोहन रञ्जित, कोषाध्यक्षमा मार्कण्डेयमान सिंह प्रधान निर्वाचित हुनुभएको छ। त्यस्तै कार्यकारिणी सदस्यहरूमा सुगन्धा श्रेष्ठ, रमा महर्जन शाक्य र रमिता श्रेष्ठ निर्वाचित हुनु भएको छ भने जनसम्पर्क तथा सहयोग संयोजकमा मिला श्रेष्ठ,  मिडिया तथा फिलान्थ्रोपिक संयोजक अनिल रञ्जित र   पब्लिक आउटरिच संयोजकमा राजेश तुलाधर निर्वाचित हुनु भएको छ।

नेवाः अर्गनाइजेशन अफ अमेरिकाका संस्थापक सदस्य  दयारत्न शाक्यको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन समितिले नयाँ कार्यसमितिको नतिजा घोषणा गरेको हो। समितिको सदस्यका रूपमा संस्थापक सदस्य रत्नकाजी शाक्य  र पूर्व अध्यक्ष रामलाल श्रेष्ठ हुनुहुन्थ्यो।  

नेवाः अर्गनाइजेशन अफ अमेरिकाको अध्यक्ष यज्ञमान शाक्यको अध्यक्षतामा सम्पन्न भएको वार्षिक साधारण सभामा मुख्य वक्ताको रूपमा बोल्दै वर्ल्ड नेवाः अर्गनाइजेशन अमेरिकाका वरिष्ठ उपाध्यक्ष तथा साहित्यकार केशरमान ताम्राकारले नेपालभाषा,कला, संस्कृति, साहित्य लगायतको प्रचारप्रसारमा संचार माध्यमको भूमिका विषयमा धारणा राख्नु भएको थियो। कार्यक्रममा साहित्यकार ताम्राकारलाई अनररी लाइफ मेम्बर प्रदान गरिएको हो।  

त्यस्तै अर्का वक्ता वर्ल्ड नेवाः अर्गनाइजेशनका निवर्तमान अध्यक्ष सिजन श्रेष्ठले नेपालभाषा,कला, संस्कृतिको महत्वका बोरेमा  बोल्दै यसको संरक्षणको लागि जोड दिनु भएको थियो।