स्यःस्यः समाज यलको आयोजनामा भएकाे उद्घोषण तालिम सम्पन्न

स्यःस्यः समाज यलको आयोजनामा ७ दिने क्षमताअभिबृद्धि तथा उद्घोषण सम्पन्न भएको छ। ललितपुरको मंगलबजारमा रहेको आदर्श कन्या निकेतन उच्च माध्यामिक विद्यालयमा भएको समापन कार्यक्रममा समाजका कार्यवाहक अध्यक्ष नवीन मंगल जोशीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्नु भयो ।

स्यःस्यः समाज यलका निवर्तमान अध्यक्ष उत्तमलाल श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा समाजया कार्यवाहक नायः नवीन मंगल जोशी, समाजका महिला समितिका संयोजक एवमंं उद्घोषण तालिमका संयोजक विमलकेशरी अमात्यले समाजका गतिविधिका बारेमा जानकारी दिनु भयो ।

त्यस्तै कार्यक्रममा आदर्श कन्या निकेतन उच्च माध्यामिक विद्यालयका प्रधानाध्यापक शैलेश प्रधान, पत्रकार एवमं प्रशिक्षक सिल्भिया राजोपाध्याय्ले महिलाहरुको क्षमताअभिबृद्धि तथा उद्घोषण तालिमको महत्वका बारेमा धारणा राख्नु भएको थियो ।

कार्यक्रममा प्रशिक्षार्थीहरुका तर्फबाट गिता मैयाँ बल श्रेष्ठ र अनु श्रेष्ठले तालिमको अनुभव राख्नु भएको थियो । समापन कार्यक्रमको सञ्चालन प्रशिक्षार्थी मध्येका एक विमला लाखे श्रेष्ठले गर्नु भएको थियो ।

स्यःस्यः समाज यलको आयोजनामा भएको तालिममा २५ जना प्रशिक्षार्थीहरुले भाग लिएका थिए ।