काठमाडौं । ‘जनतासँग सरकार’ कार्यक्रमअन्तर्गत कार्यवाहक प्रधानमन्त्री तथा ऊर्जामन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङ आइतबार साँझ ललितपुरको पाटन पुगेका छन्।
दुई मन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता तथा सांसद जगदीश खरेल पनि कार्यक्रममा सहभागी भएका थिए।
मंसिर ६ गते आइतबार साँझ ६ः३० बजेदेखि सुरु भएको कार्यक्रममा मन्त्रीहरूले सुनधारा, टंगाल, ओकुबहाल, अग्निशाला, पिम्बहाल हुँदै मंगलबजारसम्मको क्षेत्रमा पैदल भ्रमण गरेका थिए। सो क्रममा उनीहरूले स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट तथा कुराकानी गर्दै स्थानीय समस्या, गुनासा र सुझाव सुनेका थिए।
‘जनतासँग सरकार : ललितपुर पाटन घुमघाम’ नाम दिइएको कार्यक्रममार्फत सरकारका प्रतिनिधि नागरिकको घरदैलोमै पुगेर जनताका कुरा सुन्ने प्रयास गरिएको हो।
प्रधानमन्त्री वालेन्द्र शाह भारत भ्रमणमा रहेका बेला कार्यवाहक प्रधानमन्त्रीसहित सरकारका दुई मन्त्री र रास्वपा प्रवक्ताको सहभागितामा पाटन क्षेत्रमा उक्त कार्यक्रम आयोजना गरिएको थियो।
