काठमाडौँ – काठमाडौँको चोभारडाँडास्थित आदिनाथ मन्दिरमा एक महिने मेला संचालन भइरहेको छ। मेला शनिबारदेखि सुरु भएको हो । प्रत्येक वर्ष आश्विन शुक्ल (कोजाग्रत) पूर्णिमाका दिन सुरु हुने मेला कात्तिक शुक्ल पूर्णिमासम्म सञ्चालन हुन्छ। मेलामा काठमाडौँ उपत्यका तथा आसपासबाट भक्तजन सहभागी…
