यःमरि पुन्हिका अवसरमा यःमरि बनाउने प्रतियोगिता हुने

काठमाण्डाै – परम्परागत नेवार खाना प्रवर्द्धन गर्ने उद्देश्यका साथ यःमरि पुन्हिका अवसरमा काठमाण्डौंको चन्द्रागिरि नगरपालिकामा यःमरि बनाउने प्रतियोगिता सञ्चालन हुने भएको छ । किपुल्चा नेवाः खलको आयोजनामा यही पुस १० गते चन्द्रागिरि नगरपालिका–५ महादेवस्थान किसिपिडीमा वडा स्तरीय यःमरि प्रतियोगिता हुने भएको हो ।

स्थानीय लाछी टोलमा सञ्चालन हुने प्रतियोगिता दिउँसो १ बजे सुरु हुनेछ । प्रतियोगिताका विजेताले नगद पुरस्कार तथा प्रमाणपत्र पाउने किपुल्चा नेवाः खलका बुद्धरत्न नकर्मीले जानकारी दिनुभयो ।

किपुल्चा नेवाः खलले विगत तीन वर्षदेखी यःमरि बनाउने प्रतियोगिता आयोजना गर्दै आएको छ ।

यःमरि पुन्हीका रुपमा स्थापित धान्य पूर्णिमा नेवार समुदायको एक प्रमुख चाड हो । धानको भकारीमा यःमरि चढाउने र त्यसलाई प्रसादका रुपमा खाने–खुवाउने चलन छ ।