उदाय् समाजको एक्काइसौं साधारण सभा सम्पन्न

काठमाडौं – उदाय् समाजको एक्काइसौं साधारण सभा चैत २४ गते शनिवारका दिनमा कसाः ख्यः दल्लु आवासमा भएको छ । उक्त कार्यक्रममा उदाय् गीत गाएर संचालन भएको उक्त कार्यक्रमको उदघाटन उदाय् समाजका अध्यक्ष डा. रुपज्योति कसाकारजुले पानसमा वत्ती बाली गर्नु भएको छ ।

विशेष गरी उदाय् विधि ब्यवहारलाई सुधार गरी सबैलाई सजिलो बनाउने लक्ष्य राखी स्थापना गरिएको उदाय समाजको एक्काइसौं बार्षिक सभामा विभिन्न कार्यक्रमहरु गरी उदायहरुलाई सक्रिय गरी राख्ने कार्यक्रममा जागरण ल्याउने प्रयास गरिआएको छ ।

बार्षिक सभामा समाजको उपाध्यक्ष डा. प्रेमरत्न स्थापितले स्वागत मन्तब्य राख्नु भएको छ भने समाजका महासचिव रजनी ताम्राकारले समाजको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

यसै गरी समाजको कोषाध्यक्ष दिव्यलक्ष्मी कंसाकारले आर्थिक प्रतिवेदन प्रस्तुत गरे संगै सभामा प्रस्तुत प्रतिवेदन सभाले ताली बजाई उक्त दुबै प्रतिवेदनलाई समाजका बहुमत कवः प्रतिनिधिहरुले तालि बजाई पारित गरेका थिए।

यस वार्षिक सभामा उदाय समाजका सल्लाहकार एवं संघ संस्थाका अध्यक्षहरु– न्यत तुलाधर समितिको अध्यक्ष सर्वज्ञ रत्न तुलाधर, तबः समाजका अध्यक्ष सूर्य रत्न ताम्राकार, श्री दिगुख्यः गुथिका अध्यक्ष तारा वीर सिंह तुलाधर, स्थापित खलःका अध्यक्ष दीपक स्थापित, शिलाकार खलःका अध्यक्ष उत्तम राज शिलाकारसहितले उदाय सरोकारका पक्षलाई समेतेर आआफ्ना शुभकामना मन्तब्य राख्दै समाजले सभामा प्रस्तुत राय सुझावलाई उदाय समाजले ध्यान राख्नु पर्ने सुझाव समेत प्रस्तुत गरेका थिए।

सभापतिको आसनबाट आफ्ना मन्तब्य राख्नुहुँदै डा. रुपज्योति कंसाकारले आजका मानिसहरुले विधि ब्यवहारको नाममा अगाडि बढाइरहेका कामहरु कति सम्म ठीक हो वा होइनन् भन्ने बिषयमा सरसल्लाह गरी यदि बेठिक हो भने त्यसलाई कसरी सुधार गरी जाने भन्ने विषयमा बिशेष जोड गरी मार्ग प्रसस्त गर्ने बाटोतिर अगाडि बढ्नु पर्ने कुरा बताउनु भएको छ ।

यस सभामा उदायहरुलाई सम्मान, प्रोत्साहन, पुरुस्कार र छात्रवृत्ति पनि दिने कार्य भएको छ । यसरी शैक्षिक क्षेत्रमा दरिलो रुपमा सफल हुनुभएका ब्यक्तिहरुलाई विभिन्न सम्मान र पुरस्कार दिने कार्य डा. रुपज्योति कंसाकारले गर्नुभएको छ भने पुरस्कारका दाताहरुका तर्फबाट नगद प्रदान गर्नुभएको छ । यस प्रकारको सम्मानमा जेष्ठ नागरिक सम्मान तथा अशक्तहरुलाई प्रोत्साहन दिने काम पनि गरिएको छ । कार्यक्रमको अन्तमा समाजका अध्यक्ष डा. रुपज्योति कंसाकारले आफ्ना मन्तब्य राख्नुभई कार्यक्रमको समापन गर्नु भएको छ ।