प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले अवरोध गरेसँगै प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत लिने कार्यसूची रहेको भएपनि कांग्रेसले संसद बैठक अवरुद्ध पारेको हो ।
उनीहरुले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी प्रकरणमा छानबिन गर्न माग राख्दै आएका छन् । आजको बैठकमा सभामुखले सरकारी कार्यसूचीमा प्रवेश गर्न लागेसँगै कांग्रेस सांसदहरूले वेल घेराउ गर्न पुगेका थिए । कांग्रेसको अवरोधसँगै १५ मिनेटका लागि बैठक स्थगित भएको सभामुख घिमिरेले घोषणा गरेका छन् ।
