सहाराद्वारा दोलखाका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री उपलब्ध

काठमाण्डौ – सहारा सामाजिक संस्थाले दोलखाका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री उपलब्ध गरेको छ। संस्थाका अध्यक्ष राजेन्द्र मल्लले  सैलुङ्ग गाँउपालिका  ढुङ्गे, दोलखाको श्री राष्ट्रिय प्राथमिक विद्यालयका ९४ जना विद्यार्थीहरूलाई स्कूल ब्याग, पानीको बोटलसहित अन्य शैक्षिक सामाग्रीहरू शुक्रबार प्रदान गर्नु भयो।

उक्त सहयोग लायन्स क्लब अफ काठमाण्डौं सहारा फेलोसिप, लायन्स क्लब अफ काठमाण्डौं फेलोसिप र लायन्स क्लब अफ न्यू ग्रिनसिटिसँगको सहकार्यमा प्रदान गरेको अध्यक्ष मल्लले बताउनु भयो। मल्लका अनुसार  विद्यार्थीहरूको शैक्षिक विकासया लागि उक्त सहयोग प्रदान गरिएको हो।

२०७८ मा स्थापना भएको सहाराले विभिन्न सामाजिक कार्यक्रमहरू गर्दैआएको छ।