बगलामुखीको एक घरमा आगलागी भाद्र,२०८१ न्युजनेपा डेस्कताजाखबर, ब्यानर, समाचार ललितपुर- ललितपुरको बगलामुखी कुम्भेश्वरमा रहेको एउटा घरमा आगलागी भएको छ । घरको दोस्रो तलामा बिहान लागेको आगो अहिले नियन्त्रणमा आएको छ । प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो निभाइएको हो । ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।