अमेरिकामा प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड २०२४को पत्रकार समेलन

प्रथम गोल्डेन नेपाली फिल्म अवार्ड २०२४ को लागि अमेरिकाको हिल्टन गार्डेन इन् कैलिफोर्नियामा पत्रकार समेलन सम्पन्न भएको छ। कार्यक्रममा ४० जना सहभागी भएका थिए, जसमा बय एरियाका विभिन्न संघसंस्थाका अध्यक्षहरु, सामाजिक कार्यकर्ता हरू, र नेपाली समुदायका प्रतिष्ठित नेताहरूको उपस्थिति थियो। पत्रकार समेलनमा आयोजकले पहिलो चरण को टिकट बिक्रि आधिकारिक रूपमा सुचारु गरेको छ। अहिलेको लागि टिकटमा २०% छुट उपलब्ध भएको जानकारी पनि दिएको थियो।

जसअनुसार बालकनी सामान्य: $४०, विशेष मुख्य तल्ला: $६० ,VIP मुख्य तल्ला: $१६० ,VVIP मुख्य तल्ला: $२५० मुल्य कायम गरेको छ। पहिलो चरणको टिकट अनलाइनमा किन्न सकिन्छ ।

उक्त पत्रकार समेलनमा नयन पाण्डेले कार्यक्रममा स्वागत गर्दै यस कार्यक्रमले नेपाली समुदायका लागि ठूलो महत्त्व राख्ने कुरा बताए भने नारायण सोम्नामीले सम्पूर्ण समुदायका नेताहरूलाई यस कार्यक्रमलाई सामूहिक प्रयास को रूपमा लिन आग्रह गरे।

यसै गरि आयोजकको तर्फ बाट यज्ञ लाल श्रेष्ठले गोल्डेन स्टेट मुभी मेकर्सका प्रमुख यज्ञलाल श्रेष्ठले नेपाली फिल्मको विकास, विस्तार र प्रवर्द्धनका लागि नेभेम्बर १६ ( मङ्सिर १) मा भव्य रूपमा अवार्ड समारोह आयोजना गरिने बताए । अवार्डका लागि नेपालबाट चर्चित तीन दर्जन कलाकार अमेरिका आउने र त्यही रहेका नेपाली कलाकारलाई पनि समेटिने उनको भनाई थियो ।

सुजित सिंहले जूरी सदस्यहरूको चयन अनुभवका आधारमा गरिएको हुनाले हाम्रोलाई भन्दा राम्रोलाई प्राथमिकतामा राखेर यो अवार्ड हुन लागेको जानकारी आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जूरी सदस्यहरूमा शिव श्रेष्ठ, सुनिल थापा, दीपाश्री निरौला, सुनिल कटवाल ,गौरी शंखर द्वोजु सुनिल कटुवाल र लक्ष्मण सुवेदी छन् ।

यसै गरि रवि सिंह बस्नेतले छनौट गरिएका फिल्मको बारेमा जानकारी दिए। अवार्ड आयोजकमा अमेरिकामा रहेको लेइट ल अफिसका प्रमुख रबिसिंह बस्नेत, सोनामी एलएलसीका प्रमुख नारायण सोनामी, राजपुत एलएलसीका प्रमुख सुजित सिंंह गोल्डेन स्टेट मुभी मेकर्सका प्रमुख तिन्दु शेर्पा र हिमालयन फाउन्डेसन कर्पका यज्ञलाल श्रेष्ठ रहेका छन्। अवार्डको समर्थनमा भने नयन पाण्डेले पाण्डे रियाल्ती मार्फत बाट गर्नु भएको छ।

केही बिशिष्ट कलाकारलाई बिशेष योगदान सम्मान समेत प्रदान गरिने अवार्डको एमसीमा नरेश भट्टराई छन्। अमेरिकाको सन फ्रान्सिस्कोमा मंसिर १ गते गोल्डेन नेपाली फिल्म अवार्ड आयोजना गरिने भएको छ । पत्रकार समेलनमा जूमको प्रभिधि द्वारा नेपाल बाट पनि पत्रकारहरुको सभागिता थियो।