अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोरमा काठमाडौँ उपत्यकाको जस्तै गरि अमेरिकामानै निर्माण गरिएको कुमारी, गणेश र भैरव सहितको रथ तान्दै बिगतमा जस्तै यसपाली पनि ५ औ येँयाः पुन्हि (इन्द्र जात्रा)मा मनाइने भएको छ ।
सेप्तेम्बेर २९ तारिक आइतबारका दिन बाल्टिमोर काउन्टी, मेरील्याण्डको सुन्दर गनपाउडर फल्स स्टेट पार्कमा येँयाः इन्द्रजात्रामा सबै लाई नि:शुल्क प्रवेश गराउदै सडक उत्सव मनाउन जागेको जानकारी आयोजक नेपा: कम्युनिटी यु एस् यका सॅंस्थापक् सॅंरक्षक सिजन श्रेष्ठले न्युज नेपा: डट कमलाई दिनु भयो।
डिसी महानगर क्षेत्रमा ६ बर्ष अगाडी बाल्टिमोर समुदायद्वारा भाषा ,संस्कृति तथा कलालाई जगेर्ना तथा प्रबर्धन गर्ने उद्धेश्यले स्थापना भएको नेपा: कम्युनिटी यु एस् य मनाउने भएकोले यस क्षेत्रमा बसोबास गर्ने सबै नेपाली समुदायलाई सहभागी हुन् आह्वान गरेको छ ।
जात्रामा देवी कुमारी, गणेश र भगवान भैरवका ३ वटा रथ ताने साथै लाखे नाच तथा पुलु किसी (सेतो हात्ती )को नृत्य को साथै परम्परागत स्थानीय रुपमा सजिएकी कुमारी पनि प्रस्तुत गरिने छ। साथै भैरवको मुख बाट हाथु ह्याकिगु (जाड वितरण ) वितरण पनि गरिने भएको छ।
यसै गरि जात्रामा परम्परागत संगीत धिमे र भुस्याह ,समाजबाजीको प्रदर्शन,विभिन्न प्रकारका खानाहरू, मिठाईहरू, र फलफूलहरू प्रशादको रुपमा सहभागीहरूलाई वितरण गरिनेछ। उक्त जात्रामा बालबालिको जातीय फेसन शो र प्रतियोगिता साथै सांस्कृतिक कार्येक्रम प्रदर्शन हुने भएको छ।

