काठमाण्डौं, नेपाल संवत ११४५ नव वर्ष मनाउन समारोह समितिको अध्यक्षको रुपमा नेवार अभियन्ता तथा भू्पू मन्त्री राजेन्द्र श्रेष्ठलाई चयन गरिएको छ ।
हिजो बसेको नववर्ष समारोह समितिको बैठकले श्रेष्ठलाई चयन गरिएको हो । नेपाल संबतलाई राष्ट्रिय मान्यता दिलाउन भएको आन्दोलनमा धेरै वर्ष अघिदेखि सक्रिय हुनुभएका श्रेष्ठ नेवार आन्दोलनका अग्रज तथा प्रखर बुद्धिजीवि हुनुहुन्छ ।
नववर्ष समारोह समिति ११४४ का अध्यक्ष प्रा.डा. नरेश मान वज्राचार्यको सभापतित्वमा हिजो शुक्रबार बसेको बैठकमा डा. वज्राचार्यले नेपाल संवत ११४५ नववर्ष मनाउने समारोह समितिको अध्यक्षको रुपमा श्रेष्ठको नाम घोषणा गर्नुभएको हो । श्रेष्ठको नेतृत्वमा यसपल्ट नेपाल संवतको नववर्ष मनाउने कार्य अझ भब्य रुपमा अगाडि बढाउन सकिने विश्वास गरिएको छ ।
श्रेष्ठ नेवार आन्दोलनका बौद्धिक ब्यक्तित्वका रुपमा परिचित हुनुहुन्छ । वि.सं. २०४६ साल अगाडिदेखि तत्कालीन भूमिगत नेकपा (माले), नेकपा (एमाले), र पछि फेरि सहाना प्रधानको नेतृत्वको नेकपा (माले)मा आवद्ध हुनुभएका श्रेष्ठ हाल जनता समाजवादी पार्टीको अध्यक्षको रुपमा सक्रिय हुनुहुन्छ । राजनीतिमा आवद्ध भई धेरै पटक मन्त्री समेत हुनुभएका वहाँले संविधानसभाबाट समावेशी संविधान निर्माण गर्ने कार्यमा निर्णायक भूमिका निभाउनु भएको छ । संघीय ब्यवस्था, नेवार आन्दोलन बारे वहाँको धेरै वटा पुस्तक प्रकाशन भएका छन् भने नेपालभाषामा वहाँले गाउनुभएको गीतको एल्बम समेत निस्किएको छ ।
नेपालभाषा क्षेत्रमा वहाँ नेपालभाषा मंकाः खलःको सदस्य, गथु पुचःको अध्यक्ष, नेवाः देय्गू नेपाल मण्डलका संरक्षकका रुपमा समेत सक्रिय हुनुभएको छ । बैठकले नववर्ष ११४५ मनाउनका निमित्त ७२ सदस्य रहेको मूल समारोह समिति गठन गरिएको छ भने दैनिक कार्यका निमित्त १७ सदस्य रहेको सचिवालय पनि गठन गरिएको छ ।
नववर्ष समारोह समिति गठनका निमित्त भएको बैठकमा नेवाः देय् दबूका अध्यक्ष पवित्र वज्राचार्य, भूपू मन्त्री हिसिला यमि, भूपू सहायक मन्त्री दिलिप महर्जन, बागमती प्रदेश सरकारका भूपू मन्त्री शैलेन्द्र वज्राचार्य, नेवाः देय् दबूका कोषाध्यक्ष तथा नव वर्ष समारोह समितिका भूपू अध्यक्ष निरन्जन रत्न शाक्य लगायत अन्य धेरै भाषाप्रेमीहरुको उपस्ठिति रहेको थियो । बर्षेनी हुँदै आइरहेको नव वर्ष मनाउने कार्यलाई अक्ष ब्यवस्थित र वैधानिक रुपमा अगाडि बढाउनका निमित्त यस वर्षदेखि विधिवत रुपमा संस्था दर्ता गरी संस्थागत रुपमा अगाडि बढाउने निर्णय
