‘ख्वताबजि’को एक हजार भाग पूरा, राजु स्यस्यः र हृदय प्रसाद मिश्र सम्मानित

इमेज च्यानल बाट प्रदर्शन गरिँदै आइरहेको ‘ख्वताबजि’ कार्यक्रमको एक हजार भाग पूरा भएको अवसरमा हिजो शनिबार एक भब्य कार्यक्रम सिकाली खोखना रिसोर्टमा सम्पन्न भएको छ।

कार्यक्रममा महानगर पालिका का उप-मेयर सुनिता डगोल प्रमुख अतिधि र चर्चित अभिनेता एबंम हास्य कलाकार मदन कृष्ण श्रेष्ठ विशेष उपस्थितिमा भएको थियो। मुख्य अतिथि डंगोलले पानसमा बत्ती प्रजोलन गरि उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । मुख्य अतिथि काठमाण्डौं महानगर पालिकाका उपप्रमुख डंगोलं एक समयमा आफू पनि ‘ख्वताबजि’सँगै कार्यक्रममा भाग लिएको कुराको स्मरण गर्नुभयो ।

उक्त नेपालभाषा टेलिभिजन क्षेत्रमा प्रख्यात कार्यक्रम ‘ख्वताबजि’ समूहले यस कार्यक्रमका प्रथम निर्देशक राजु स्यस्यः र प्रथम लेखक हृदय प्रसाद मिश्रलाई वहाँहरुको योगदानलाई कदर गर्दै सम्मानित गरिएको थियो । सम्मानितहरु लाई उपप्रमुख डंगोलले मुख्य अतिथिको रुपमा वहाँहरुलाई सम्मानपत्र अर्पन गर्नुभएको छ भने कार्यक्रममा ख्यालिजुजु मदनकृष्ण श्रेष्ठ, इमेज च्यानलका महाप्रबन्धक रघुवर भक्त मानन्धर र ‘ख्वताबजि’का लेखक निर्देशक सुरेन्द्र तुलाधरहरुले खादा र फूलको माला लगाइदिनु भएको थियो ।

कार्यक्रममा समाजसेवी र ‘अय्‌लाः अय्‌लाः’ बोलको प्रख्यात गीतका गायक गोपाल कृष्ण महर्जन, फिल्म बितरक गोपाल काजी कायस्थ सहितको उपस्थिति रहेको थियो भने धेरै कलाप्रेमीहरुको समेत उपस्थिति थियो । उक्त कार्यक्रममा ‘ख्वताबजि’लाई विभिन्न किसिमले सहयोग गर्नुभएका महानुभावहरुलाई धन्यवादपत्र अर्पन गरिएको र धेरै कलाकारहरुले आआफ्ना प्रस्तुतिहरु राख्नुभएका थिए ।