आज (इन्द्रजात्रा) येँयाःमा क्वने याः (तल्लो टोल) रथ तानिने

काठमाडौं । काठमाडौं उपत्यकाको ऐतिहासिक एवं सांस्कृतिक पर्व येँयाः (इन्द्रजात्रा) शनिवारबाट सुरु हँदैछ ।  इन्द्रजात्रा अवलोकन गर्न राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेलगायतका विशिष्ट व्यक्तिहरू सहभागी हुनेछ ।

परम्पराअनुसार आज गद्दी बैठक दरबार अगाडिबाट राष्ट्रपति समेत सहभागी रहने कार्यक्रममा श्री गणेश, श्री भैरव र जीवित देवी श्री कुमारीको रथयात्रा नजिकैबाट अवलोकन गर्ने परम्परा छ । जीवित देवीका रूपमा पूजिने श्री गणेश, श्री भैरव र श्री कुमारीको रथयात्रा निकालिने छ ।

कुमारी रथ क्वने याः (तल्लो टोल) बाट सुरु भई बसन्तपुर, मरु, चिकमुुगल, जैशीदेवल, लगन, ब्रम्हटोल, ह्युमत, कोहिटी, भीमसेनस्थान हुँदै पुनः बसन्तपुरनै लगिनेछ ।