तोलामा ५२ सयले बढ्यो सुन, कतिमा भइरहेछ कारोबार?

स्थानीय बजारमा मंगलबार सुनको मूल्य प्रतितोला पाँच हजार दुई सय रूपैयाँले बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्य सूची अनुसार मंगलबार सुन प्रतितोला दुई लाख ४७  हजार ९ सय रूपैयाँमा कारोबार भएको छ।

सोमबार  सुन प्रतितोला दुई लाख ४२ हजार ७ सय रूपैयाँमा कारोबार भएको थियो।

मंगलबार चाँदीको मूल्य पनि ८५ रूपैयाँले बढेको छ।

सोमबार तीन हजार एक सय १५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार तीन हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार एक सय ४६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।