काठमाडौँमा सुमन सायमी र रविन्द्र कुमार श्रेष्ठ प्रत्यक्ष तर्फको उम्मेदवार

काठमाडौँ, पुस ८ गते । राष्ट्रिय मुक्ति पार्टि नेपाल काठमाडौँ जिल्ला समितिले आगामी चुनावको लागि प्रतिनिधि सभा प्रत्यक्ष तर्फको उम्मेदवारका रुपमा सडक विस्तार आन्दोलनका अभियन्ता एवं राष्ट्रिय मुक्ति पार्टि नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुमन सायमीलाई काठमाडौँ क्षेत्र नं. ८ र ९ को प्रत्यक्ष तर्फको उम्मेदवारको रुपमा र अभियन्ता एवं राष्ट्रिय मुक्ति पार्टि नेपालका प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठलाई काठमाडौँ क्षेत्र नं. ७ को प्रत्यक्ष तर्फको उम्मेदवारको रुपमा सिफारिस गरेको छ ।

राष्ट्रिय मुक्ति पार्टि नेपाल काठमाडौँ जिल्ला समितिले पार्टिका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुमन सायमी र केन्द्रिय प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठलाई राजनितिक आन्दोलनमा सकृय भूमिका निर्वाह गरेको, नेतागण, पार्टिप्रति निष्ठावान् भएको र संगठन विस्तारमा सकृय भूमिका खेलेकोमा अनुभव एवं योग्यताका आधारमा उहाँरुलाई प्रत्यक्ष तर्फको उम्मेदवारका रुपमा सिफारिस गरेको कुरा जनाएको छ।

राष्ट्रिय मुक्ति पार्टि नेपालका केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुमन सायमी उपत्यकाब्यापी सडक विस्तारपिडित संघर्ष समितिका अध्यक्ष र नेवाः राष्ट्रिय परिषदका संयोजक पनि हुन् । विगतमा सडक विस्तार आन्दोलन, गुठी आन्दोलन र स्वदेशवादि आन्दोलनमा सकृय भूमिका निर्वाह गरेका सुमन सायमी नेवाः समूदायमा रुचाइएका कहलिएका स्थानीय अभियन्ता एवं नेता मानिन्छ । राष्ट्रिय मुक्ति पार्टि नेपालका प्रवक्ता रवीन्द्र कुमार श्रेष्ठ स्वनीग विशेष ब्यूरोका संयोजक हुन्, उनी गुठी विधेयक विरुद्धको आन्दोलन, एम.सि.सि.विरुद्धको अभियान, सीमा संरक्षण अभियान एवं स्वदेशवादि अभियानमा सकृय भूमिका खेली राष्ट्रवादि छवि बनाएका क्षमतावान् युवा नेताका रुपमा समाजमा चिनिन्छन् ।