ख्याति प्राप्त सञ्चारकर्मी तथा पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल चुनावी मैदानमा उत्रेका छन्। न्त्रीबाट राजीनामा दिएका जगदीश खरेल मंगलबार औपचारिक रूपमै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्।
गत मंगलबार रास्वपा केन्द्रीय कार्यालय चःमतिमा उप-सभापति डिपी अर्यालले उनलाई पार्टीमा स्वागत गरेका थिए । रास्वपा प्रवेश गरेका खरेलले ललितपुर- २ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनलाई पार्टीले टिकट दिएपछि (रास्वपा) भित्र विवाद उत्पन्न भएको थियो ।
ललितपुर २ बाट रास्वपा ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन उम्मेदवार बन्न खोजेका थिए । निर्वाचन क्षेत्रका रास्वपा नेता तथा कार्यकर्ताहरूले खरेललाई सो क्षेत्रबाट टिकट दिनु उपयुक्त नभएको भन्दै आपत्ति समेत जनाएका छन्। यस बीच ललितपुर–२ बाट रास्वपा ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन उम्मेदवार बन्न इच्छुक थिए तर टिकट खरेलले पाए।
२०७९ को निर्वाचनमा महर्जनले ८ हजार ६६६ मत प्राप्त गरेका थिए। उक्त निर्वाचन क्षेत्रमा नेकपा एमालेका प्रेमबहादुर महर्जन १५ हजार २५ मतसहित निर्वाचित भएका थिए भने रास्वपाका महर्जन तेस्रो स्थानमा सीमित भएका थिए।
