विदेश उड्न एयरपोर्ट पुगेकाहरूको पीडा- खानेबस्ने पैसासमेत छैन

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र हवाई क्षेत्र प्रतिबन्धका कारण केही देशका अन्तर्राष्ट्रिय उडान रद्द भएपछि त्यसतर्फ जाने यात्रु बिचल्लीमा परेका छन् ।

दोहा, दुवई कुवेत, अबुधाबी, कतार, दमामलगायतका विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान रद्द गरिएको छ । जसका कारण टिकट लिएर विमानस्थल पुगेका यात्रहरू अलमलमा परेका हुन् ।

खाडी मुलुकमा विशेषगरी नेपालीहरू वैदेशिक रोजगारमा जाने गरेका छन् । उडान रद्द भए पछि यात्रुहरूले आफूहरू समस्यामा परेको जनाएका छन् ।

उडान कहिले खुल्ने भन्ने निश्चित नहुँदा काठमाडौंमा बस्नुपर्ने बाध्यता भएको र आफूहरूसँग खानेबस्ने पैसा समेत नभएको उनीहरूको गुनासो छ ।

उडानहरू खुल्ने जानकारी आएछि जानकारी गराइने त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । विमानस्थलले यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान आग्रह गरेको छ ।