बझाङ प्रदेशसभा निर्वाचन क्षेत्र क को उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार दमनबहादुर भण्डारी विजयी भएका छन् । उनले काङ्ग्रेसका निकटतम प्रतिद्वन्द्वी अभिषेकबहादुर सिंहलाई २६६ मतको अन्तरले पराजित गरेका हुन् । भण्डारीले ११ हजार ६ सय १२ मत प्राप्त गर्दा काङ्ग्रेसका सिंहले ११ हजार ३ सय ४६ मत प्राप्त गरेका छन् ।
यसैगरी माओवादीका जनक बुढाले ३ हजार ९ सय ६७ मत र एकीकृत समाजवादीका दिलबहादुर सिंहले २ हजार ५ सय १३ मत ल्याएका छन् । यो जित संगै प्रदेशसभामा नेकपा एमालेले काङ्ग्रेसको एक सिट खोसेको छ ।
