काठमाडौं । सहकारी ठगी प्रकरण र गिरीबन्धु टी स्टेटमा भएको नीतिगत भ्रष्टाचारविरूद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले खबरदारी र्याली निकालेको छ ।
नेविसंघ त्रिचन्द्र इकाईले बुधबार बिहान सरकार विरोधि विभिन्न प्लेकार्ड बोकी खबरदारी र्याली निकालेको हो ।विद्यार्थीहरूले नेकपा एमाले अध्यक्ष केपी ओली र गृहमन्त्री रवि लामिछानेविरूद्ध नारा लगाएका थिए ।
