प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेको आरोपमा पक्राउ, रिहा गर्न रास्वपाको माग

सोमबार टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध नाराबाजी गरेको आरोपमा प्रहरीले दुई युवकलाई पक्राउ गरी थुनामा राखेको छ । काठमाडौं प्रहरीले मंगलबार सुर्खेतका गोपीराम (गोपीकृष्ण) जैसी र अछामका रामबहादुर बुढालाई पक्राउ गरेको हो ।

उक्त आरोपमा पक्राउ परेका दुई युवकलाई रिहा गर्न बुधबार प्रतिनिधि सभा बैठकमा माग गरेको छ । बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै सभामुखसँग आकस्मिक समय लिएर रास्वपाका सांसद हरि ढकालले यस्तो माग गरेका हुन् ।

गत सोमबार टुँडिखेलमा आयोजित गौरापर्वको कार्यक्रममा सुरक्षा व्यवस्थामा असर पर्ने गतिविधि गरेको आरोपमा भोलिपल्ट पक्राउ गरेको छ ।