कतारस्थित दोहाको साइन्स एन्ड टेक्नोलोजी विश्वविद्यालयको मैदानमा जारी खेलमा पाकिस्तानले नेपाललाई १६९ रनको लक्ष्य दिएको छ ।
टस जितेर ब्याटिङ थालेको पाकिस्तान ४२ ओभरमा १६८ रनमा अलआउट भयो । रोहेल नजिरले सर्वाधिक ६४ रनको योगदान दिए । यस्तै, हसन नवाजले २८, अहमद दनियालले १६, हैदर अलीले १५, माज सदाकतले १३ रन जोडे । बलिङतर्फ नेपालका राशिद खान एक्लैले ५ विकेट लिए । यस्तै, अभिशेष गौतमले दुई तथा सन्दीप लामिछाने र कुशल भुर्तेलले एक–एक विकेट लिए ।
