सामाजिक क्रियाकलापमा मिलनसार व्यक्तित्त्वका धनी उदाय समाजका कोषाध्यक्ष दिब्यलक्ष्मी कसाः अकस्मात यही ने.सं. ११४४ यंलाथ्वः प्रतिपदा, बुधबार (भाद्र १९ गते) बेलुकी निधन भएको छ । वहाँको पार्थिव शरीरलाई ११४४ यंलाथ्वः तृतिया, शुक्रबार (भाद्र २१ गते) १२ बजेको समयमा इन्द्रायणी कर्णदीपमा दाह संस्कार गर्ने कार्य गरिएको छ ।
वहाँको पार्थिव शरीरमा वहाँकी कान्छी छोरी ज्योत्सना कंसाकारले दागबत्ती दिनु भएको छ भने दिपमा जनबहालका स्वयम्भू रत्न बज्राचार्यले श्राद्ध गराउनु भएको छ ।
वहाँ हार्ट आट्याक भएर बित्नु भएको कुरा थाहा हुन आएको छ । वहाँ दिब्यलक्ष्मीका जहान सर्वार्थ रत्न कंसाकार र दुई छोरीहरु हुनुहुन्छ । समाजका कार्य समितिका सदस्यहरुले उक्त समयमा पार्थिव शरीर अगाडि श्रद्धाञ्जली ब्यक्त गर्ने कार्य गर्नु भएको छ ।
