राष्ट्रिय परीक्षा बोर्डद्रवारा कक्षा १२ को नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेकाे छ ।

बोर्डको शुक्रबार बिहान बसेको बैठकले साेही नतिजा सार्वजनिक गरेको जनाएकाे हाे । परीक्षामा ४ लाख १८ हजार १ सय ७० जना परीक्षार्थी सहभागी भएका थिए । जसमध्ये ६४ दशमलव १३ प्रतिशत परीक्षार्थी उत्तीर्ण भएको बोर्डले जनाएको छ ।

कक्षा १२ को परीक्षा गत वैशाख १४ गतेदेखि भएको थियो । परीक्षाको मर्यादा विपरीत कार्य गर्ने कूल ४० जना परीक्षार्थीको परीक्षा रद्द गरिएको छ। जसमा नियमिततर्फका ३० जना र आंशिकतर्फका १० जना रहेका छन्।