काठमाडौंमा चहलपहल बढ्यो,आज बाट सरकारी कार्यालय खुल्ने

काठमाडौं उपत्यकामा विजयादशमीको फूलपातीदेखि घटेको चहलपहल आजबाट पुनः बढ्न थालेको छ। उपत्यकाका विभिन्न स्थानमा आज पनि टीका थाप्न जाने सर्वसाधारणको चलहपहल देखिएको छ।

दशैंको सरकारी बिदा सकिएर मंगलबार कार्यालय खुल्ने भएपछि उपत्यका भित्रनेको संख्या बढेको हो । यस वर्षको दशैंमा करिब १३ लाख सर्वसाधारणले उपत्यका छाडेका थिए । यस संगै उपत्यका बाहिर गएका सर्वसाधारणहरू समेत उपत्यका फर्कन थालेपछि उपत्यकामा सवारी आवागमन बढेको छ ।

निधारमा रातो टीका लगाएर, पहेँलो जमरा सिउरिएर चटक्क परेर परिवारसहित आफन्त भेट्न जानुको पनि छुट्टै रमाइलो छ । तर, सवारी साधन नपाउँदा भने सर्वसाधारणलाइ केही समस्या भएको छ ।

दशैं अर्थात् पारिवारिक तथा आफन्तजनसँग मिलन र भेटघाट । यस्तो अवस्थामा परिवारसँग बसेर विभिन्न तरिकाले मनोरञ्जन गर्ने गरिन्छ ।

यस वर्ष कोजाग्रत पूर्णिमा असोज ३० गते बुधबार परेको छ । कोजाग्रत पूर्णिमामा दशैंघर वा पूजाकोठामा राखिएको जमरा र पूजा सामग्री बिसर्जन गरेपछि दशैं सकिन्छ ।