सुनको बजारमा आज पुनः नयाँ रेकर्ड

काठमाडौँ – नेपाली सुनचाँदी बजारमा तीव्र उतारचढावबीच आज सुनको मूल्यमा अकल्पनीय उछाल आएको छ।

हिजो इतिहासकै ठूलो गिरावट बेहोर्दै तोलामा ५ हजार ५०० रुपैयाँले घटेको सुनको भाउले आज पुनः नयाँ रेकर्ड कायम गरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एकैदिन तोलामा ५ हजार ६०० रुपैयाँको भारी वृद्धि भएसँगै छापावाल सुन प्रतितोला २ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ।

हिजो यसको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँमा सीमित थियो। सुनसँगै चाँदीको बजारमा पनि तीव्र वृद्धि देखिएको छ।
हिजो प्रतितोला ४ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ह्वात्तै बढेर ५ हजार ४० रुपैयाँ पुगेको छ।