काठमाडौं ।नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले आगामी बुधबार (पौष १७ गते) पार्टी घोषणा गर्ने तयारी गरेका छन् ।गत १० गते बसेको एमाले सचिवालय बैठकले रावललाई पार्टीको साधाण सदस्य समेत नरहने गरी निष्काशन गरेको थियो । त्यसपछि रावल पार्टी गठनको तयारीमा जुटेका हुन् ।
रावलले आगामी बुधबार दिउँसो १ बजे पार्टी घोषणा गर्नेगरी काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेको छन् । सोही पत्रकार सम्मेलनबाट पार्टीको स्थापना गर्ने रावल निकट स्रोतको जानकारी दिएको छ ।
