काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा उतारचढाव भए सँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ ।
आइतबारको तुलनामा आज सुन र चाँदीको मूल्यमा ६ सयले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला १ लाख ४९ हजार ६ सय कायम भएको छ ।
यस्तै, चाँदीको मूल्यमा पनि प्रतितोला ३० ले गिरावट भएको छ । आज प्रतितोला चाँदी १ हजार ७ सय ६५ मा कारोबार भएको छ ।
